Online Bichar
शनिबार, जेठ १२, २०८१ | Saturday, May 25, 2024

काठमाडौं, १८ पुस २०८० । न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । परिषद्को बुधबार बसेको बैठकले न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो । उच्च अदालनको न्यायाधीशमा नियुक्ति पाउनेहरुमा जिल्ला न्यायाधीशबाट २६ जना, कानुन व्यावसायीबाट ९ जना र कर्मचारीबाट चार जना रहेका छन् ।

यसैगरी न्याय परिषद् बैठकले उच्च अदालतका १६ जना न्यायाधीशको सरुवा पनि गरेको छ । दलीय भागवण्डा मिलेपछि न्याय परिषदले न्यायाधीश नियुक्त गरेको हो ।

 

तपाईको प्रतिक्रिया