Online Bichar
शनिबार, जेठ १२, २०८१ | Saturday, May 25, 2024

सुनसरी, १८ पुस २०८० । सुनसरीको कोशी गाउँपालिका-१ राजापोखरीबाट लागु औषध ब्राउन सुगर सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझ ६ बजे लौकही बजारबाट पश्चिम कुसाहातर्फ जाँदै गरेकी पैदल यात्री स्थानीय ४५ बर्षीया उमा उरावलाई इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट १ ग्राम २४ मिलिग्राम ब्राउन सुगर फेला गरेको थियो । ब्राउन सुगरसहित पक्राउ परेकी उनको जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया