झापा, १८ पुस २०८० । तातो खोलेमा परी घाइते भएका झापा बाह्रदशी गाउँपालिकाका एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । बाह्रदशी-५ का गोपाल टुडूका २ वर्षीय वर्षीया छोरी टुडूको उपचारका क्रममा काठमाडौँको सुष्मा मेमोरियल अस्पतालमा मंगलबार मृत्यु भएको हो ।
केही दिनअघि नै ती बालिकालाई खोलेले पोलेको थियो । बेलैमा ठाउँमा उपचार गर्न नलैजाँदा ती बालिकाको मृत्यु भएको झापा क्षेत्र नं.३ का सांसद राजेन्द्र लिङ्देनले बताए ।
उनले जलनसम्बन्धी उपचारका लागि पर्याप्त अस्पतालहरू नहुनु र मुलरुपमा जलनमा परेकालाई समयमै जलनको उपचार हुने अस्पतालमै लानुपर्छ भन्ने जनसाधारण र स्वास्थ्यकर्मीहरूमै समेत ज्ञान नभइदिँदा उपचारमा ढिलाइ भएर ती बालिकाको ज्यान गएको बताए । सबै स्थानीय तहहरूले जलन उपचार सम्बन्धमा विशेष जनचेतना अभियान सञ्चालन गर्न आवश्यक देखिएको उनको भनाई छ ।