Online Bichar
मंगलबार, चैत्र ०४, २०८१ | Tuesday, March 18, 2025

झापा, १५ पुस २०८० । खेतमा राखिएको परालमा आगो लगाउँदै हिँडेको आरोपमा भद्रपुरबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-७ स्थित फुटानी चोक निवासी २१ वर्षीया राजकुमार मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर-४ रंगेडाडा निवासी राजु सापकोटाको खेतमा राखिएको परालको जाकमा आगो लगाउने क्रममा स्थानीयले उनलाई खेदाउँदै समातेका थिए ।

उनले आगो लगाएको स्वीकारेपछि स्थानीयले प्रहरी बोलाएर शुक्रबार राती जिम्मा लगाएका थिए । उनलाई प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको जनाइएको छ । सो क्षेत्रमा पराल जाकमा आगो लाग्ने घटना बढेसँगै स्थानीयले सक्रियता बढाएपछि युवक पक्राउ परेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया