Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, १३ पुस २०८० । बिर्तामोडको रिद्धिसिद्धी भेनियर प्लाई फ्याक्ट्रीमा आगलागी भएको छ । शुक्रबार(आज) बिहान ४ बजेको समयमा झापाको बिर्तामोड नगरपालिका-३ सुर्यनगर टोल स्थितमा अनुप अग्रवालले संचालन गरेको रिद्धिसिद्धी भेनियर प्लाई फ्याक्ट्रीको नजिकै साईडमा प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ/भेनियर राखेको ठाउमा अचानक आगलागी भएको हो ।

आगलागीबाट मानवीय क्षति नभएपनि अन्दाजी ३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नाायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

आगलागी भएको खबर प्राप्त गर्न साथ इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोली, बिर्तामोड नगरपालिकाको दमकल, बिर्तामोड नगरपालिकाको ट्याङ्कर, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयहरूको सहयोगमा बिहान ५ः१५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रवक्ता रिजालले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया