Online Bichar
सोमबार, बैशाख ०३, २०८१ | Monday, April 15, 2024

झापा, १३ पुस २०८० । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । शुक्रबार(बिहान) अन्दाजी १ः४५ बजेको समयमा शिवसताक्षी नगरपालिका-११ दुधे का ४५ वर्षिय मेघ राज राईको हात्तीले आक्रमण गरी ज्यान लिएको हो ।

राईको घरमा आएको एउटा हात्तीले टाटिको बेरा, जस्ताको छानो भएको भुईतल्ले घरमा आक्रमण गरी टाटिहरू भत्काई दिदा घर भित्र रहेको सामानहरु समेत तोडफोड गरी १ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । हात्तीलाई छिमेकिहरू समेतको सहयोगमा धपाउने क्रममा मेघ राज राईलाई घर देखि ५० मिटर पुर्व बाटोमा सोहि हात्तीले आक्रमण गरी घटना स्थलमानै राईको मृत्यू भएको जनाइएको छ ।

कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि शव दमक हस्पिटल दमक पठाएको प्रवक्ता रिजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया