Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

मोरङ, ११ पुस २०८० । विराटनगर महानगरपालिका-१५ बाट लागु औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार दिउँसो लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ खोटाङका २५ वर्षीय मिलन राईलाई शङ्का लागी चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर ८६ मिलिग्राम फेला परेको थियो । पक्राउ परेका उनको बारेमा इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया