Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

झापा, १० पुस २०८० । झापा गाउँपालिकामा गोठमा खोले पकाउने क्रममा आगलागी भएको छ । सोमबार राती अन्दाजी १० बजेको समयमा झापाको झापा गाउँपालिका-६ स्थित सकुन्तला खड्काको गोठमा खोले पकाउने क्रममा चुलोबाट अचानक आगो सल्किएको थियो ।

आगलागी हुँदा टिनको छानो टाटी बेरा भएको गोठ पूर्ण रुपमा जलेर गोठ भित्र रहेका एउटा खसी र एउटा बाख्रासमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । आगलागी बाट १ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ ।

आगो प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीसहित स्थानियबासीको सहयोगमा १०ः४५ बजेको समयमा पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रवक्ता रिजालले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया