Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झापा, ९ पुस २०८० । झापाको कमल गाउँपालिकामा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । बससँग स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–४ स्थित ज्योतिचोकमा सोमबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको मे। ११ प २०५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदैगरेको को. १ ख ६४३५ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुर्घटनामा परेको स्कुटरको पछाडि सवार रहेका अर्जुनधारा –७ निवासी ५० वर्षीय टेकनाथ खतिवडाको उपचारका लागि अस्पताल लैजादैंगर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया