Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

चितवन, ७ पुस २०८० । चितवनको कालिका नगरपालिकामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भरतपुरबाट कालिका नगरपालिकाको खोले सिमल जाँदै गरेको कारको अगाडिको टायर पड्केर अनियन्त्रित हुँदा चालकको मृत्यु भएको हो ।

कालिका नगरपालिका वडा नम्बर १ लंकालाइनमा भरतपुरबाट खोले सिमलतर्फ जाँदै गरेको बा ११ च ८७८९ नम्बरको कारको टायर पड्किदा अनियन्त्रित भई नालीमा पल्टिएको थियो ।

दुर्घटनामा परि कार चालक काठमाडौँ महानगरपालिका-५ का विष्णु क्षेत्रीको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । क्षेत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया