Online Bichar
आइतबार, मंसिर १७, २०८० | Sunday, December 3, 2023

हेटौँडा, २७ कार्तिक २७ । मकवानपुरको मनहरीमा घाँस काट्न गएकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ । मनहरी गाउँपालिका–७ रमौलीकी रीता सुनारी मगरको रुखबाट लडेर सोमबार मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार २८ वर्षीया मगर सोमबार बिहान ८ बजे स्थानीय रमौली जङ्गलमा घाँस काट्न गएकोमा रुखबाट लडेर घाइते भएपछि चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको लागि लगिएको थियो ।

मगरको उपचारको क्रममा बिहान १०ः२० बजे चिकित्सकले मृत घोषणा गरेको थियो । घटना बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी जनाएको छ ।

 

तपाईको प्रतिक्रिया