Online Bichar
शुक्रबार, मंसिर २२, २०८० | Friday, December 8, 2023

झापा, २४ कार्तिक २०८० । बैङ्किङ कसुर मुद्दामा फरार झापाका दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा तेह्रथुम साबिक चुहानडाँडा गाविस वडा नं.१ स्थायी घर भई हाल बिर्तामोड नगरपालिका वडा नं. २ बस्ने ३१ वर्षीय शम्सेर कन्दङ्वा र मेचीनगर नगरपालिका वडा नं १० बस्ने ३७ वर्षीया जुनु तिम्सिना रहेका छन् । फरार रहेका दुवैलाई शुक्रवार पक्राउ गरी झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उच्च अदालत विराटनगर, इलाम इजलासको २०७९ असोज ५ गतेको फैसला अनुसार कन्दङ्वालाई ७ दिन कैद , ७ लाख ५० हजार जरिवाना र ३० हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय सुनाइएको थियो । त्यस्तै उच्च अदालत विराटनगर, इलाम इजलासको २०८० जेठ ३१ गतेको फैसला अनुसार तिम्सिनालाई ५ दिन कैद , रु।५ लाख जरिवाना र रु। २०हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय तोकिएको थियो ।

 

तपाईको प्रतिक्रिया