अत्तरिया (कैलाली), २३ कार्तिक २०८० । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा एक जना थुनुवाको मृत्यु भएको छ । धनगढी –१६ घसिटाका ३१ बर्षीय कृष्णबहादुर सेटीको बिहीवार (आज) विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कुलदिप चन्दले बताउनुभयो ।
आज विहान कुर्चीमा बसिरहेको अवस्थामा बेहोस भई ढलेपछि उहाँलाई उपचारका लागि अस्पताल लगिएको र पुग्नेवित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रवक्त्ता चन्दले बताउनुभयो । कुटपिटको अभियोगमा गत सोमबार प्रहरीले पक्राउ गरी थुनुवा कक्षमा राखी घटनाबारे अनुसन्धान गरिरहेको थियो ।
कुनै दीर्घकालिन रोग नभएको कृष्णको मृत्यु भएको घटनाबारे सत्यतथ्य छानविन गर्न मृतकका दाजु गणेश रोकायाले माग गर्नुभएको छ ।गोरखापत्र अनलाइनबाट