झापा, २२ कार्तिक २०८० । झापाको शिवसताक्षी-११ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जङ्गलभित्र एक पुरुषको शव फेला परेको छ । झिलझिले सताक्षीधाम सडकको ५ मिटर पश्चिम शव फेला परेको हो ।
पान्डा जुत्ता लगाएको , नजिकै भिभो मोबाइल फेला परेको , त्यस्तै नजिकै फेला परेको ब्यागमा गाँजा र रक्सी भेटिएको प्रहरीले जनाएको छ । करिब ५ दिनअघि ती व्यक्तिको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।