खोटाङ, २१ कार्तिक २०८० । शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका प्रमुख शैलेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पारिवारको सदस्य माथि घरेलु हिंसा गरेको र मानसिक यातना दिएको आरोपमा उनलाई गएराति नियन्त्रणमा लिइएको हो ।
परिवारकै मौखिक उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए । पारिवारिक छलफलपछि नमिलेको खण्डमा हरेलु हिंसामा मुद्दा दायर गरिने कार्कीले सुनाए ।कान्तिपुरबाट