Online Bichar
बुधबार, साउन ०२, २०८१ | Wednesday, July 17, 2024

काठमाडौं, २० कार्तिक २०८० । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको छ । एमालेको सोमबार बिहान बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिनुभएको थियो । तर सोमबार बसेको संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभएको हो ।

सरकारबाट चाहिँ फिर्ता तर सरकारलाई दिएको विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय भएको उहाँले बताउनुभयो । थप निर्णय सरकारको काम कारबाही र परिस्थिति हेरेर गरिने उहाँको भनाइ छ ।

सोमबार कार्यसूचीमा रहेको बजेटसम्बन्धी अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने र संसदको प्रमुख प्रतिपक्षमा बस्ने एमालेले निर्णय गरेको छ ।

 

तपाईको प्रतिक्रिया