Online Bichar
शुक्रबार, मंसिर २२, २०८० | Friday, December 8, 2023

झापा, १५ कार्तिक २०८० । सशस्त्र सीमा सुरक्षा प्रहरी बल गौरीगञ्जको गस्ती टोलीले गौरीगञ्ज गाउँपालिका-४ स्थित हुक्कागाछी चौकपूर्व कारी अन्सारीको घरबाट विस्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

सशस्त्र सीमा प्रहरी बल गौरीगञ्जका डिएसपी विष्णुहरि घिमिरेको नेतृत्वमा खटिएको टोलीले आज बिहान करिब ८ बजे ३ लाख मूल्य बराबरको पटाका र बिडी बरामद गरेको हो । प्रहरी टोलीले अवैध रूपमा भारतबाट नेपाल ल्याई अन्सारीको घरको कोठामा राखिएको अवस्थामा पटाका बरामद गरेको थियो ।

अवैध रूपमा भारतबाट ल्याएको ३ बोरा पटाका र १ बोरा बिडी कोठामा ताल्चा लगाइराखेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले सुइको पाएपछि छापा मारेको थियो । बरामद गरिएको उक्त परिमाणको पटाकालाई जिल्लास्थित सशस्त्र प्रहरी बलको हेडक्वाटरमा नष्ट गरिने डिएसपी घिमिरेले बताए ।

 

तपाईको प्रतिक्रिया