Online Bichar
शुक्रबार, मंसिर २२, २०८० | Friday, December 8, 2023

झापा, १३ कार्तिक २०८० । झापाको बिर्तामोडमा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्री वृद्धाको मृत्यु भएको छ । सोमबार बिहान ५स्१५ बजे बिर्तामोड– १ स्थित अधुवा पुलनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सिंहदेवी कृषि सहकारी संस्था इलामको मे १ च ४६२३ नम्बरको एम्बुलेन्सले पैदलयात्री बिर्तामोड नगरपालिका-४ निवासी ६९ वर्षीया सीतादेवी साह कलुवारलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते कलुवारलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा त्यहाँबाट प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याइएको थियो । उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमा ७ः३५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । दुर्घटनापछि एम्बुलेन्स र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

 

तपाईको प्रतिक्रिया