Online Bichar
शुक्रबार, आश्विन १८, २०८१ | Friday, October 4, 2024

काठमाडौं, १३ कार्तिक २०८० । काठमाडौं महानगरपालिकाले खुल्ला स्थानमा आगो बाल्ने २ जनालाई जरिवाना तिराएको छ । महानगरप्रहरीले वडा नम्बर १४ स्थित बल्खु ग्रीन भ्याली साकोस र नविनकुमार शाहलाई जनही ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

महानगरपालिकाले सार्वजनिक तथा खुल्ला स्थानमा आगो बाल्नेलाई कारबाही गर्दै आएको छ ।

‘हाम्रो नगर प्रहरीको टोली निरन्तर अनुगमनमै हुन्छन् । आगो बाल्ने, जथाभावी फोहोर फाल्ने, खोलामा फोहोर फाल्नेलाई ठाउँको ठाउँ कारबाही गर्दै आएका छौं,’ नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने ।

 

तपाईको प्रतिक्रिया