Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

झापा, १२ कार्तिक २०८० । डाँका गरेको मुद्दामा एक जना फरार प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका वडा नं.८ का २८ वर्षिय मोहन साह रहेका छन् ।

जिल्ला अदालतको यहि असोज २४ गतेको फैसला अनुसार डाँका गरेको मुद्दामा ६ महिना कैद र २० हजार जरिवाना तथा पिडित राहत कोषमा ४ सय जम्मा गर्नुपर्ने फैसला भएकोमा साह फरार रहेका थिए ।

साहलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले कार्तिक ५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । साहलाई फैसला कार्यान्वयनको निमित्त आज जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएकोले अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको प्रवक्ता रिजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया