Online Bichar
शुक्रबार, मंसिर २२, २०८० | Friday, December 8, 2023

जनकपुरधाम, १० कार्तिक २०८० । महोत्तरीमा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका-५ हर्दियाटोलका १९ वर्षीय आशिक पासवानको हत्या भएको हो । हत्या भएको अवस्थामा आशिकको शव बिहीबार साझ स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो ।

दुर्गा मेलामा भएको विवादको निहुमा स्थानीय दुई युवकले मिलेर छुरा प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । हत्यामा संलग्न आरोपमा दुवै युवकलाई पक्राउ पनि गरिएको डीएसपी गिरीले बताए ।
घटनास्थलको मुचुल्का गरी आशिकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । पक्राउ गरिएका दुवै युवकको अहिले नाम खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया