Online Bichar
शुक्रबार, मंसिर २२, २०८० | Friday, December 8, 2023

काठमाडौं, १० कार्तिक २०८० । मुगुमा एकै परिवारका ४ जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मुगुको छायाँनाथ रारा नगरपालिका –६ मुन्दु गाउँमा एकै परिवारका ४ जना मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार २७ वर्षीया आमा श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज बोहरा, ७ वर्षीया छोरी अप्सरा बोहरा, ८ वर्षीय छोरा रहर बोहरा मृत फेला परेका छन् । हत्याको आशंका गरिएको छ ।

 

तपाईको प्रतिक्रिया