हेटौँडा, ३ कात्तिक २०८० । मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते हुनुभएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको अस्थायी प्रहरी बिट गरगरेले जनाएको छ ।
हेटौँडा–धरान–चतरा सडकअन्तर्गत हेटौँडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीनतले ओरालोमा दुर्घटना भएको हो । पाँच जना गम्भीर घाइतेलाई एम्बुलेन्स र बाँकी घाइतेहरुलाई बसमा राखेर उपचारका लागि हेटौँडातर्फ पठाइएको प्रहरीले जनाएको छ ।गोरखापत्र अनलाइनबाट