झापा, २ कार्तिक २०८० । झापाको दमकबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं.५ सुकुम्बासी टोलका २४ वर्षिय समिर गजमेर, दमक नगरपालिका-६ का २९ वर्षिय रोशल बुढाथोकी, दमक नगरपालिका-५ का २४ वर्षिय रोशन माझी र ईलाम चुलाचुली गाउँपालिका वडा नं. ४ का २३ वर्षिय सागर लिम्बु रहेका छन् ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा बिहिबार(आज)२ः३० बजेको समयमा दमक नगरपालिका वडा नं.५ सुकुम्बासी टोल स्थितबाट उनिहरुलाई शंका लागी चेकजाच गर्दा उनिहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । ४ जनालाई नै नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता रिजालले बताउनुभयो ।