Online Bichar
शुक्रबार, मंसिर २२, २०८० | Friday, December 8, 2023

जेबि खड्का

गौरादह, १ कार्तिक २०८० । नेकपा एमालेका अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री केपि शर्मा ओलीले कृषि पेशामा आधुनिकिकरण नभई पुरानै निर्वाह मुखि खेती प्रणालीका कारण मुलुकको आर्थिक स्रोत खच्किएको बताएका छन। गौरादह कृषि क्याम्पसको नवनिर्मित पुस्तकालय र प्रयोगसाला भवन उद्घाटन गर्न गौरादह आएका अध्यक्ष ओेलीले खेतीयोग्य उर्भर नेपाली भुमिलाई पुर्ण रुपमा सदुपयोग गर्न सकेमा नेपाली जनताको आयस्तर बढाउन सकिने बताएका छन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

नेपाल कृषि प्रधान देश भनिएता पनि बर्सेनि तरकारी तथा अन्य खाद्य सामाग्री अन्य देशबाट आयत गरिदा नेपाली पैसा बिदेशिएको उनको भनाइ थियो। परनिर्भरता बाट जोगिदै आत्मा निर्भर बन्न नेपाली उर्भर भुमिलाई सदुपयोग गर्न जरुरी रहेको धारणा राखेका थिए।कृषि क्याम्पसले उत्पादन गरेका दक्ष जनशक्तिहरुले किसान सँग समन्वय गरेर उत्पादन बढाउन सहयोग गर्नु पर्ने बताएका थिए।

सम्पुर्ण प्राणीहरुका लागि खाना अनिवार्य रहेकाले जुनसुकै पेशामा आश्रित रहेपनि अनिवार्य आवश्यकता पूरा गर्ने पेशा कृषि रहेको हुनाले किसान जहिलेपनि अग्रपंक्तिमा रहने बताएका छन।कृषि बिषय अध्यान गर्ने बिद्यार्थीलाई सैद्धान्तिक भन्दा ब्यबहारिक ज्ञान बढी आवश्यक रहेकाले कृषि पढ्ने बिद्यार्थी र किसानका बिचमा तालमेलको आवश्यकता रहेको बताएका थिए।

गौरादह तथा आसपासका क्षेत्रको भुमिलाई अध्यान गरि यस क्षेत्रमा फस्टाउन सक्ने बाली लगाई किसानको आम्दानीको स्रोत बढाउन सहयोग पुग्ने गरि कृषिका बिद्यार्थीले सहयोग गर्नुपर्ने धारणा राखेका थिए।पुरानो निर्वाह मुखि कृषि प्रणाली हाल सम्म पनि चलिरहदा खेतामा विभिन्न किसिमका दुख कष्ट झेल्नुपर्दा कृषि पेशा संकटमा परेको बताएका थिए।जीवन उपयोगी शिक्षा आजको आवश्यकता रहेकाले कृषि क्याम्पसबाट उत्पादित बिद्यार्थीहरुबाट दक्ष जनशक्ति उत्पादन हुने बिस्वाश रहको धारणा राखेका थिए।

कार्यक्रममा कोशी प्रदेशका पुर्ब मुख्य मन्त्री हिक्मत कुमार कार्कीले गौरादहमा कृषि क्याम्पस संचालन भइसकेको र अब चाडै भेट्नेरी मेडिकल कलेज संचालन अनुमतिका लागि प्रक्रिया अगाडि बढाउने धारणा राखेका थिए। गौरादह नगरपालिकाका पुर्ब मेयर रोहित कुमार शाहले यस क्षेत्रको बिकासका लागि गौरादहमा ईन्जिनियरिङ क्याम्पस र टिचिङ अस्पतालको आवश्यकता रहेको धारणा राखेका थिए।कार्यक्रममा त्रिभुवन विश्व बिद्यालयका उपकुलपति डा। धर्मकान्त बाँस्कोटा, दमक नगरपालिकाका मेयर राम थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए।

गौरादह कृषि क्याम्पसमा मुलुक भरका २ सय ३६ जना बिद्यार्थी अध्यानरत छन। कृषि बिषय अध्यानका लागि ३ तले १४ कोठाको भवन निर्माण भएको छ।विश्व बिद्यालयको अनुदान सहयोगबाट बिनियोजित ६ करोड ४४ लाखबाट भवनको निर्माण कार्य सम्पन्न भएको कृषि क्याम्पस प्रमुख सुबोध खनालले जानकारी गराए। कृषि र पशु बिज्ञान अध्यन संसथानका डिन भार्गव धितालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले स्वागत मन्तब्य राखेका थिए।

तपाईको प्रतिक्रिया