Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

झापा, १९ असोज २०८० । गोली लागेको अवस्थामा भेटिएकी नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी श्रीमतीको मृत्यु भएको छ । उपचारका क्रममा शर्मिला चौधरिको मृत्यु भएको हो ।केही दिनअघि शर्मिला आफ्नै घरमा गोली लागेको अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीले शर्मिलाले आत्महत्या प्रयास गरेको प्रारम्भिक अनुमान गरेको थियो ।लक्ष्मणले घरमा राखेको पेस्तोलले शर्मिलाले आफैलाई गोली हानेको हुन सक्ने प्रहरीको अनुमान छ।लक्ष्मण एक पूर्व आईजीपीका निजी सुरक्षा गार्ड हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया