शान्ति सुब्बा
झापा, १६ असोज २०८० । झापाको दमकमा मादक पदार्थ सेवन गरी वादविवाद हुँदा छुरा प्रहार गरी फरार रहेका थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । यहि असोज १२ गते शुक्रबार छुरा प्रहारबाट चुलाचुली गाउँपालिका-३ का ३८ वर्षीय गोविन्द लिम्बुको मृत्यु भएको थियो ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा हत्यामा संलग्न रहेको आरोपमा दमक नगरपालिका वडा नं.७ सयपत्री टोल का २२ वर्षिय सनम राई, दमक नगरपालिका वडा नं.१ नवदुर्गा टोल का २२ वर्षिय आनन्द भन्ने राज कुमार भुजेल र दमक नगरपालिका वडा नं.७ राधाकृष्ण टोल का १८ वर्षिय रेहान भन्ने सवास आलमलाई सार्वजनिक गरिएको थियो ।
आरोपितहरुलाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले मादक पदार्थ सेवन गरेका उनिहरु बीच वादविवाद हुँदा उक्त घट्ना घटेको जानकारी दिनुभयो । यसअघि घट्नामा संलग्न ८ जनालाई घट्ना भएकै दिन पक्राउ गरी अनुसन्धान सुरु गरिएको जनाइएको छ । घट्नामा संलग्न दमक वडा नं.१ पाङमी चोक का २५ वर्षिय नामुद थेवे, दमक नगरपालिका वडा नं.१ फाल्गुनन्द चोक का २६ वर्षिय आकाश केरुङ, दमक वडा नं.७ पशुहाट का २३ वर्षिय राहुल श्रेष्ठ , मोरङ कानेपोखरी गाउँपालिका वडा नं.७ का २८ वर्षिय सलमान लिम्वु, ईलाम चुलाचुली गाउँपालिका वडा नं.४ का ३१ वर्षिय सन्दिप राई, ईलाम चुलाचुली गाउँपालिका वडा नं. ३ का ३८ वर्षिय सुर्य केरुङ, र ईलाम चुलाचुली गाउँपालिका वडा नं.३ का ३८ वर्षिय उपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको थियो । कार्यालय प्रमुखको टोली घटनास्थलमा गई अनुसन्धानको शिलससिलामा घटनामा संलग्न विशाल कुमाल समेत ८ जनालाई नियन्त्रणमा लिई जिल्ला अदालत झापाबाट पहिलो पटक ८ दिनको म्याद थप लिई अनुसन्धान भई रहेको छ ।
असोज १२ गते बिहान ४ बजेको समयमा दमक नगरपालिका वडा नं.१ कुमाल चौक मा रहेको विशाल कुमालले संचालन गरेको रुवेल माछा फ्राई एण्ड रोष्ट हाउसमा उनीहरू सँगै बसेर रातभर मादक पदार्थ सेवन गरेका थिए । सोही क्रममा विवाद हुँदा झडप भएको थियो । सो क्रममा दमक नगरपालिका वडा नं.७ सयपत्री टोल का २२ वर्षिय सनम राईले लुकाई छिपाई राखेको धारिलो हतियार छुराले गोविन्द लिम्बुलाई घांटी तथा हात पाखुरामा प्रहार गरी मारेर फरार भएका थिए ।
फरार रहेका ३ जना प्रतिवादीहरुलाई पक्राउ गर्न कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक रुद्र खड्का, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक डम्वर विश्वकर्माको कमाण्डमा खटिएको संयुक्त प्रहरीको टोलीले उनिहरुको खोजतलास गर्ने क्रममा सोमबार दिउँसो १ः३० वजेको समयमा मोरङको उर्लाबारी नगरपालिका वडा नं.१ टप्पु टोल उर्लाबारी-मधुमल्ला सडक-खण्ड स्थितबाट फेला पारी पक्राउ गरिएको प्रवक्ता रिजालले जानकारी दिनुभयो । हत्यामा प्रयोग भएको धारिलो हतियार छुरा लुकाउन सहयोग गरेको भन्दै मोरङ बिराटनगर महानगरपालिका वडा नं.६ अमाननगर का २८/२९ वर्षिय मफुद मियालाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई गरिरहेको जनाइएको छ ।
उक्त हतियार उनले बिराटनगर महानगरपालिका वडा नं.९ स्थित सन्सारी मन्दिर देखी दक्षिण कलेज रोड शिक्षादिप कलेजको पार्किङ छेउमा रहेको झाडीमा लुकाएका थिए ।