Online Bichar
शुक्रबार, मंसिर २२, २०८० | Friday, December 8, 2023

काठमाडौं, १५ साउन २०८० । काठमाडौंको गौशालामा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । पिके डाइग्नोसिस सेन्टर सन्चालन गर्दै आएका साजन हुसेनको भाई साविर हुसेनलाई चक्कु प्रहार गरेर २ जना फरार भएको प्रहरीले जनाएको छ।

उक्त घटनास्थलमा एकथान कटुवा पेस्तोल र गोली पनि फेला परेको छ । घटनास्थलमा गोली चलेको पुष्टि नभएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

घाइतेको खुट्टामा चोट लागेको र उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया