Online Bichar
सोमबार, फाल्गुण १४, २०८० | Monday, February 26, 2024

झापा, १५ असोज २०८० । झापामा पेन्टीको इलास्टिक भित्र लुकाई छिपाई ल्याउदैं गरेको प्रतिबन्धित लागुऔषध सहित २ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ती गाउँपालिका वडा नं.४ का ३६ वर्षिय सुरज थेवे र उनको साथी शिवसताक्षी नगरपालिका वडा नं.७ का ४२ वर्षिय अमृत श्रेष्ठ रहेका छन् ।

आईतबार(हिंजो)ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका वडा नं.६ स्थित मेचिपुलमा भारतबाट नेपाल तर्फ आउदैं गरेका उनिहरुलाई शंका लागी चेकजाँज गर्दा सुरज थेवेले लगाएको पेन्टीको इलास्टिक भित्र लुकाई छिपाई ल्याउदैं गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ४ ग्राम ५ मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता रिजालले बताउनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया