Online Bichar
सोमबार, फाल्गुण १४, २०८० | Monday, February 26, 2024

काठमाडौँ, १० असोज २०८० । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार आयोजित समारोहमा सुधीर भट्टराई (फ्रान्स), तेजबहादुर क्षेत्री ९संयुक्त अरब इमिरेट्स०, घनश्याम लम्साल कुवेत र रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड) ले शपथ लिएका हुन् ।

सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

 

तपाईको प्रतिक्रिया