Online Bichar
मंगलबार, आषाढ ०५, २०८१ | Tuesday, June 18, 2024

धनगढी, ७ असोज २०८० । कञ्चनपुरको बेलौरी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन् । झाडी सफाइका नाममा अवैध तरिकाले रुख काटेको आरोपमा बेलौरी नगरपालिका-६ का वडाध्यक्ष भोजराज चौधरी पक्राउ परेका हुन । उनलाई भन्सार क्षेत्रमा रुख काटेर तस्करी गरेको आरोप लागेको हो ।

वडाध्यक्ष चौधरीलाई आइतबार महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरेर वनको हिरासतमा राखिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रसाद कँडेलले बताए । चौधरी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

 

तपाईको प्रतिक्रिया