Online Bichar
बुधबार, जेठ १६, २०८१ | Wednesday, May 29, 2024

काठमाडौं, १८ भदौ २०८० । रुकुम पश्चिममा खोलाले बगाउँदा दाजुबैनीको मृत्यु भएको छ । चौरजहारी नगरपालिका– ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार खोलाले बगाउँदा मृत्य भएको हो ।

उनीहरु स्कुलबाट घर फकिँदा नाउला खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । मनोजको शव १ सय ५० मिटर तल र भावनाको शव ८ सय मिटर तल फेला परेको प्रहरीले बताएको छ ।

उनीहरु आधारभूत विद्यालय घर्तिकाँडामा अध्ययनरत थिए ।

 

तपाईको प्रतिक्रिया