Online Bichar
बिहिबार, माघ १०, २०८१ | Thursday, January 23, 2025

राजविराज, १८ भदौ २०८० । सप्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । मुलतबी रहेको ज्यान मुद्दाका आरोपी रहेका प्रदेशसभा सदस्य सिंहलाई सोमबार दिउँसो राजविराजबाट नियन्त्रणमा लिइएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहसमेत आरोपी हुन् । एसपी कार्कीले पक्राउ गरिएका प्रदेशसभा सदस्य सिंहलाई अदालतमा पेस गरिएको बताए ।

विगतमा जनता समाजवादी पार्टीमा रहेका सिंह गत प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४९२० बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए ।

 

तपाईको प्रतिक्रिया