Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

काठमाडौं, १७ भदौ २०८० । ललितपुर–३, पुल्चोकस्थित होटल स्वायरको स्वीमिङ पुलमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार अपराह्न साढे २ बजे होटलको छतमा रहेको स्वीमिङ पुलमा एक्कासी करेन्ट फैलिँदा ४१ वर्षीय सजिलमान शाक्य गम्भीर घाइते भएका हुन् ।

श्रीमती र छोरीसहित शाक्य होटलमा गएका थिए । आधा घन्टा परिवार पौडिइरहेका बेला चस्मामा बाफ जम्यो भनेर आमा, छोरी निस्किएका बेला उनलाई करेन्ट लागेको शाक्यको परिवारले जनाएको छ ।

गम्भीर घाइते शाक्यकी बहिनी सुस्मिताका अनुसार, हिटेड स्वीमिङ पुल भएकाले त्यहाँ बिजुली जडान गरिएको पाइएको छ ।

 

तपाईको प्रतिक्रिया