Online Bichar
शनिबार, फाल्गुण १२, २०८० | Saturday, February 24, 2024

दमक, १६ भदौ २०८० । झापाको शिवसताक्षी नगरपालिकास्थित कनकाई खोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका युवकको दुई दिनपछि शव फेला परेको प्रहरीले जनाएको छ ।

कनकाई नगरपालिका वडा ४ त्रिवेणी टोलका २४ वर्षीय सविन श्रेष्ठको शव शनिवार दिउँसो फेला परेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनीश बुढाथोकीका अनुसार माछा मार्नेक्रममा श्रेष्ठ डुबेको भनिएको ठाउँदेखि करिब पाँच सय मिटर दक्षिणमा श्रेष्ठको शव फेला परेको हो ।

बिहीबार दिउँसो ३ बजेदेखि बेपत्ता हुनुभएको श्रेष्ठको गोताखोरसहितको टोलीले खोजी गर्दैआएको थियो । शिवसताक्षी नगरपालिका वडा १० स्थित कन्काइ खोलामा श्रेष्ठ बेपत्ता हुनुभएको थियो ।

बिहानैदेखि खोलामा प्रहरीसहित गोताखोर टोलीले खोजीलाई तीव्रता बनाएको थियो । आवश्यक कानुनी प्रक्रिया र पोष्टमार्टमका लागि पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया