Online Bichar
शनिबार, आश्विन ०६, २०८० | Saturday, September 23, 2023

काठमाडौं, ११ भदौ २०८० । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा सुधीर भट्टराई नियुक्त हुनुभएको छ ।

उहाँका अनुसार राष्ट्रपति पौडेलले भट्टराईसहित तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गर्नुभएको हो ।

 

 

तपाईको प्रतिक्रिया