Online Bichar
बुधबार, जेठ १६, २०८१ | Wednesday, May 29, 2024

झापा, ११ भदौ २०८० । सुनसरीको चतराघाटस्थित कोशी पुलको उदयपुर खण्डमा सवारीसाधन छाडेर बेपत्ता भएका झापा दमक नगरपालिका- १ निवासी डक्टर प्रज्वल कोइरालाको खोजीका लागि गोताखोर परिचालन गरिएको छ ।

हराएका डाक्टर कोइरालाको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोरको टोली र इलाका प्रहरी कार्यालय रामपुरबाट वरिष्ठ प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए । उनका अनुसार १–०२–००२ च ४१६६ नम्बरको कार छाडी चिकित्सक कोइराला बेपत्ता भएका हुन् । बेपत्ता भएका चिकित्सकको कोशी नदी र आसपासका क्षेत्र खोजी भइरहेको प्रहरीको भनाइ छ ।

स्थानीयवासीले बेवारिसे कार देखेपछि आज बिहान ४ बजे प्रहरीलाई खबर गरेका थिए । डाक्टर कोइराला राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । डाक्टर कोइराला जनरल सर्जन हुन् । करिब तीन वर्ष लाइफलाइनमा काम गरेका डाक्टर कोइराला एक साताअघि मात्रै मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी गएका थिए ।

 

तपाईको प्रतिक्रिया