Online Bichar
मंगलबार, माघ २९, २०८१ | Tuesday, February 11, 2025

झापा,११ भदौ २०८० । झापामा प्रतिबन्धित लागुऔषध सहित गौरादहका १ जना गरि ३ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका वडा नं.४ बस्ने २५ वर्षिय सन्देश लिम्बु, मोरङ बेलबारी नगरपालिका वडा नं.१० बस्ने २६ वर्षिय सुरेश धिमाल र मोरङ उर्लाबारी नगरपालिका वडा नं.७ बस्ने वर्ष २७ वर्षिय बिनोद लिम्बु रहेका छन् ।

हिँजो(आईतबार) अन्दाजी ९ः१५ बजेको समयमा झापा गाउँपालिका वडा नं.१ बेलायतीबारी स्थितमा ईलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.१-०२-०४७ प-७०४२ नम्बरको  KTM DUKE मोटरसाईकललाई चेकजाँच गर्दा उनिहरुले चलाएको मोटरसाईकलको एयर फिल्टर भित्र लुकाई छिपाई ल्याएको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ४४ ग्राम २८० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

मोटरसाईकल चालक बेलबारीको सुरेश धिमालको साथबाट  Samsung  मोबाईल १ थान, नगद १ हजार ७ सय २५ र उनि संगै आएको को.२१ प.१०४० नम्बरको मोटरसाईकल चालक गौरादहका सन्देश लिम्बुको साथबाट Redmi 11 Lite मोबाईल १ थान, नगद १ सय ६० र सोही नम्बरको मोटरसाईकल पछाडी सवार मोरङ उर्लाबारीका बिनोद लिम्बुको साथबाट नगद ५० हजार, नोट वान मोबाईल १ थान सहित उनिहरु ३ जना र २ वटा मोटरसाईकल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता रिजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया