Online Bichar
बिहिबार, जेठ १०, २०८१ | Thursday, May 23, 2024

तेह्रथुम, ७ भदौ २०८० । तेह्रथुमको लालीगुराँस नगरपालिका(८ सुङनाममा बिहीबार अपराह्न लडेर एक जनाको मृत्यु भएको छ ।

गाउँबाट बोरामा आलु लिएर घरतर्फ जाँदै गरेका ४८ वर्षीय पदमबहादुर लिम्बूको लडेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक हेमराज ओलीले बताए । उनका अनुसार चिप्लिएर सडकबाट करिब ८ फिट तल खोलामा झरेको अवस्थामा लिम्बूको शव फेला परेको हो ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया