झापा, ७ भदौ २०८० । झापास्थित इलाका प्रहरी कार्यालय झिलझिलेका इन्स्पेक्टर युवराज कटुवालमाथि बन्चरो प्रहार भएको छ । पूर्व(पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका( ९ स्थित झरना खोलाको पुल नजिकै इन्स्पेक्टर कटुवालमाथि बिहीबार साँझ साढे ६ बजेको समयमा बन्चरो प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
बञ्जरो प्रहारबाट इन्स्पेक्टर कटुवालको टाउकोमा गम्भीर चोट लागेको र उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको डीएसपी रिजालले बताए ।
प्रहरीका अनुसार लागू औषध ब्राउन सुगर सेवन गरी मे ४ प २७५१ नम्बरको मोटरसाइकलमा सवार तीन जनाले लापरबाही तरिकाले सवारी चलाइरहेको सूचना पाए लगतै इन्स्पेक्टर कटुवालको कमान्डमा सादा पोसाकमा खटिएको प्रहरी टोली तत्काल राजमार्गमा खटिएर सो मोटरसाइकललाई रोकेका थिए । मोटरसाइकल रोके लगतै मोटरसाइकल पछाडि सवार शिवसताक्षी-९ का ३६ वर्षीय अशोक पोखरेलले लुकाइछिपाई ल्याएको हाते बन्चरोले इन्स्पेक्टर कटुवालको टाउकोमा अचानक प्रहार गरेका थिए ।
ेकटुवालको टाउकोमा दुई ठाउँमा चोट लागेको छ । उनको टाउकोमा ८ टाँका र हातको औलामा ३ टाँका लगाइएको डीएसपी रिजालले बताए । घटनामा संलग्न मोटरसाइकल चालक सोही ठाउँका ३२ वर्षीय विकास भन्ने अरुण तामाङ, मोटरसाइकलमा सवार सोही ठाउँका ३३ वर्षीय लक्ष्मण टुडू ,बन्चरो हान्ने पोखरेलसहित तीन जना, मोटरसाइकल र बन्चरो नियन्त्रणमा लिएको उनले बताए ।