Online Bichar
शुक्रबार, फाल्गुण ०२, २०८१ | Friday, February 14, 2025

काठमाडौं, ७ भदौ २०८० । कांग्रेसका नेता डा.राजाराम कार्कीको निधनको शोकमा नेपाली कांग्रेसले बिहीबार र शुक्रबार पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

बिहीबार बिहान बसेको केन्द्रीय समितिको बैठकले कार्कीको निधनमा शुक्रबार केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने र बिहीबार र शुक्रबार पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

६६ वर्षका कार्कीको बुधबार निधन भएको थियो । कार्कीको बिहीबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया