Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठमाडौं, ५ भदौ २०८० । मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

संघीय संसदका महासचिव डा। भरतराज गौतमका अनुसार प्रतिनिधि सभा बैठक बुधबार अपराह्न ३ बजे बस्ने गरी स्थगित गरिएको हो ।

बैठक विशेष कारणले बस्न नसक्ने भएपछि प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बुधबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको हो ।

 

तपाईको प्रतिक्रिया