शान्ति सुब्बा
गौरादह, २ भदौ २०८० । राष्ट्रिय स्वतन्त्र पार्टिका केन्द्रिय सभापति रवि लामिछानेले कुनै पनि भ्रष्टलाई कहिले पनि नजोगाउने बताउनु भएको छ । चाहै जोसुकै होस भ्रष्टाचारमा डुङडुङती गन्हाएर फुलमाला अबीर लगाएर हिँड्न नपाउने बताउँदै त्यस्ता मान्छेलाई जेलमा लानुपर्छ भन्ने रास्वपाको एक शुत्रीय माग रहेको बताउनु भएको छ ।
शुक्रबार झापाको गौरादह नगरपालिका-१ स्थित बजारमा पार्टिले गरेको खुल्ला भेटघाट तथा छलफल कार्यक्रममा उक्त कुरा बताउँदै आज यस देशका ठूला भनिएका दलहरु र दलका मान्छेहरु कहाँ छन् नेपाली काँग्रेसका कयौं नेताहरु अहिले जेल भित्र छन् तर पार्टीले उनिहरुलाई केहि पनि कार्वाही नगरेको आरोप लगाउनु भएको छ । उनिहरुलाई अझै पनि फुलमाला र खादा लिएर स्वागत गर्न जाने गरेको बताउनुभयो ।
यस्तै, नेकपा एमालेका नेताहरु पनि जेल भित्र रहेको सुनेको देखेको भन्दै जेलभित्र रहेका मान्छेहरुलाई पार्टीबाट ननिकालेको भन्दै उनिहरुलाई भित्र भित्रै भेटघाट गर्न जाने गरेको आरोप लगाउनु भयो । सत्तारुढ माओवादीका मान्छेहरु नाम आउने बित्तिकै जुन अलमल गरेको छ, यो अलमल कति चल्छ होला र भन्ने प्रश्न गर्दै नक्कली भेप भित्र सुन लुकाएर आएको प्रकरणमा तस्करसँग सयौं पटक कुरा भएको कुराकानी बाहीर आएकाले कति नै टाढा जान्छ होला र भन्दै भ्रष्टाचारको फाइल खोल्छु भन्ने सरकार र सरकारको नेतृत्व गर्दा प्रधानमन्त्रीको मुटु चेक गर्छु भनेर आफुले पहिले नै भनेको र अहिले देखिदै छ मुटु भन्दै व्यंग्य गर्नुभएको छ । ‘आफ्नो दलका नेता आउने बितिकै तीन कदम पछाडी हट्नु भएको हो कि क्या हो, मुटु चेक गर्ने काम बाँकी नै छ, मुटु चेक गरेको रिपोर्ट आइसकेको छैन म यहाँबाट सुझाउन चाहन्छु चेतावनी दिएको हैन, हामी हेरेर बसीरहेका छौं’ आफ्नो दलका नेताहरु आउने बितिकै हच्किएकोे नेपाली जनताहरुले हेरेर बसीरहेको बताउनुभयो ।
यस्तैगरी, राष्ट्रिय स्वतन्त्र पार्टिलाई गाली नगरी खाएकै नरुच्ने नेताहरुलाई आफुले चुनौती दिने भन्दै भ्रष्टाचारको आरोपमा जेल भित्र सडिरहेका नेताहरुलाई पार्टिबाट निष्काशन गरेर त्यो निर्वाचन क्षेत्र खालि गर्न सक्नुहुन्छ? भन्दै प्रश्न गर्नुभएको छ । आफ्नो पार्टिका कुनै पनि उम्मेदवार वा सांसद या सदस्यको गलत क्रियाकलाप गरेको कुनै पनि प्रमाण आएको खण्डमा साधारण सदस्य समेत नरहने गरि २४ घण्टामा निष्काशन गर्ने आफ्नो वचनबद्धता रहेको बताउदै आफ्नो र अरु पार्टिमा यहि फरक रहेको बताउनुभएको छ । हिँजोका दिनमा मुद्दा लगाएर नपुगेर अहिले सबै आफ्नो पार्टि र आफुलाई गाली गलौज गर्नमा उत्रिएकोले गाली गर्ने सबैको गालीलाई यो देश निर्माणको ईटा सम्झेर जम्मा गरेर राख्ने बताउँदै मुलुक निर्माणका लागि प्रतिबद्ध भएर देखाउने बताउनुभयो ।
सोही अवसरमा सभापति लामीछानेले महिलाहरुको लागि भनेर ३५-३६ सिटको बस सुरु गर्दा र आफ्नो निर्वाचन क्षेत्रबाट घर-घरमा उपचारको लागि मोबाइल क्लिनिक सेवा संचालन गर्दा त्यसको विरोध गर्दै आइरहेको बताउनु भएको छ । त्यसअवसरमा रास्वपा केन्द्रिय महामन्त्री तथा केन्द्रिय प्रवक्ता डा. मुकुल ढकाल, प्रमुख सचेतक सन्तोस परियार, केन्द्रिय सदस्य कुशुम महर्जन, मनिश झा, अशोक चौधरी, निशा मेहता लगायतले बोलेका थिए ।