झापा, ३० साउन २०८० । झापामा अवैध काठ सहित १ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । मेचिनगर नगरपालिका वडा नं. २ का २३ वर्षिय ट्याकटर चालक तेज बहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार ६ः५० बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका वडा नं. १० निन्दा पुल स्थितमा प्रदेश १-०२-००३ त १८१२ नं. को ट्याक्टरमा आँप, कदम, छतिउन लगायत बिभिन्न जातको गोलिया काठ ८३ थान (१२६ क्यु.फिट) फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । पक्राउ परेका राईलाई चेकजाँज गर्दा स्थानिय वडाको बिल तथा आवश्यक कागजातहरु नभएकोले नियन्त्रणमा लिई आवस्यक कार्वाहीको लागी काठ डिभिजन वन कार्यालय चन्द्रगढी झापा बुझाउन तयारी भइरहेको प्रवक्ता रिजालले बताउनुभयो।