Online Bichar
बिहिबार, आश्विन ०४, २०८० | Thursday, September 21, 2023

झापा, २९ साउन २०८० । झापामा अवैध काठ सहित २ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । बुद्धशान्ति गाउँपालिका वडा नं.४ का २४ वर्षिय ट्रयाक्टर चालक सविन बिश्वकर्मा र सोहि ट्रयाक्टरमा सवार ३६ वर्षिय धनाहाङ लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

आज(सोमबार)५:४० बजेको समयमा बुद्धशान्ति गाउँपालिका वडा नं. ६ शान्तिनगर स्थित ज्यामिरे सामुदायिक वनमा काठ चोरी निकासी हुँदैछ भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले मे.१ त.६५३८ न.को ट्रयाक्टरमा सखुवा जातको गोलिया काठ १६ थान ५८.२२ क्यु फिट लोड भएको अवस्थामा फेला पारेको थियो । उनिहरु दुवैलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहिको लागि डिभजन वन कार्यालय भद्रपुर झापामा बुझाएको प्रवक्ता रिजालले बताउनुभयो।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया