Online Bichar
बिहिबार, साउन ०३, २०८१ | Thursday, July 18, 2024

काठमाडौं, २९ साउन २०८० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पगाल्न थालिएको छ ।

सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक सुका लागि प्याक गरिएका बट्टाबाट सुन निकालेर पगाल्न थालिएको हो । राजस्व अनुसन्धान विभागले साउन २ गते बरामद गरेको सुनको परिमाण यकिन गर्न सुन पगाल्ने प्रक्रिया सुरु गर्दा महाशाखाले एउटा ब्रेक सुन खोलेर देखाएको छ ।

टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले सुन पगालेर जोख्ने काम सुरु गरेको बताउनुभयो । उहाँले सुन जोख्ने काम केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, राष्ट्र बैंकका केन्द्रीय प्रतिनिधि र राजस्व अनुसन्धान विभागसहित निष्पक्ष रुपमा सुन जोख्ने काम गरिने बताउनुभयो ।

उहाँले ब्रेक सु र सुन छुट्याएपछि सुनलाई गालेर जोखिने बताउनुभयो । उहाँले एउटा ब्रेक सु खोलेर डेमो गर्दा २० वटा सुन भेटिएको बताउनुभयो ।

राजस्व अनुसन्धान विभागले बरामद गरेको ब्रेक सु सहितको सुनको तौल १५५ रहेको छ । सुन छुट्याइसकेपछि सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गाल्ने र जोख्ने काम हुनेछ । त्यसपछि गुणस्तर जाँच तीन दिनमा सक्नेछ ।

 

तपाईको प्रतिक्रिया