झापा, २८ साउन २०८० । झापाको दमकबाट प्रतिबन्धित लागुऔषध र नगद सहित २ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका वडा नं. २ भाङबारीका २३ वर्षिय पुजन दुलाल र दमक वडा नं.७ क्षितिज टोलका २१ वर्षिय सचिन मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।
पक्राउ परेका घरधनी दुलालको कोठामा प्रतिबन्धित लागू औषध ब्राउन सुगर बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शनिबार राति ९ः३० बजेको समयमा दुलाल र मगरको शरीर तथा कोठा तलासी गर्दा उनीहरू बसेको कोठाबाट ४ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, मोबाइल ३ थान र नगद १ लाख २३ हजार ९ सय फेला पारेको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता रिजालले बताउनुभयो ।