Online Bichar
बुधबार, जेठ ०९, २०८१ | Wednesday, May 22, 2024
बिर्तामोड, २८ साउन २०८० । कतारमा स्थापित नेपाली व्यवसायी महेन्द्रप्रसाद चम्लागाईंले पत्रकार सहारा उपचार कोषलाई दुई लाख एक रुपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा  चम्लागाईंले आइतबार उक्त रकम सहयोग प्रदान गरेको महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए । महासंघको वैंक खातामा चम्लागाईंले कतारबाटै उक्त रकम जम्मा गरिदिएका हुन् ।
नेपाली व्यवसायी संघ कतारका अध्यक्ष चम्लागाईंले पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने  पत्रकारहरुलाई घाइते र विरामी हुँदा उपचार खर्च दिने पत्रकार उपचार कोषको प्रशंसा गर्दै चौम्लागार्ईंले उक्त अक्षयकोषलाई लक्ष्य अनुसार एक करोडको पु¥याउन आफ्नो तर्फबाट  सहयोग गरेको बताए ।
झापाली पत्रकारको सामाजिक सुरक्षा र दीगो हितका लागि पत्रकार महासंघले उदाहरणीय कार्य गरेको भन्दै चौम्लागार्ईंले प्रशंसा गरेका छन् । झापा बाह्रदशी-७ का स्थायी वासिन्दा चौम्लागाईं अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष हुन् । उनी २७ वर्षदेखि सपरिवार कतारमै वस्दै आएका छन् । झापाली समाज कतारका संरक्षक रहेका उनको व्यवसायिक फर्म उडल्याण्ड कन्ट्राक्टिङ कम्पनी हो । चौम्लागाईं नेपाल चेम्बर अफ कमर्शको कतार प्रतिनिधिसमेत हुन् । सामान्य कामदारको रुपमा कतार गएका उनी सयौं कामदारलाई रोजगार दिने त्यहाँको स्थापित व्यवसायीको रुपमा आफ्नो परिचय बनाउन सफल भएका छन् । महासंघका अध्यक्ष गिरीले कोषमा सहयोग गरेकोमा चौम्लागाईंलाई धन्यवाद ज्ञापन गरे ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ७५ लाख जम्मा भएको छ । कोषलाई १ करोड पुर्याउन सहयोगका निम्ति महासंघले सबैमा अपिल गरेको छ ।
तपाईको प्रतिक्रिया