Online Bichar
सोमबार, आषाढ ११, २०८१ | Monday, June 24, 2024

विराटनगर, २४ साउन २०८० । विराटनगर महानगरपालिका १४ मा रहेको एमएम प्लाष्टिक उद्योगमा आगलागी भएको छ । बुधबार बिहानको राति करिब १ बजे आगलागी भएको हो । आगलागीका कारण करिब तीन करोड बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

प्लाष्टिकका सामग्री उत्पादन गर्दै आएको उद्योगको तीन तले भवनको भुईं तलामा रहेको ‘यूपीएस रूम’मा आगलागी भएको प्रहरीले बताएको छ । आगलागीका कारण उपकरणहरु जलेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले इन्भटरको ब्याट्री सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

नेपाल प्रहरी र विराटनगर महानगरपालिकाबाट गएका दुईवटा दमकलले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । ब्याट्री पड्किएर आगलागी हुँदा तीन करोड बराबरको क्षति भएको देखिएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया