Online Bichar
बिहिबार, फाल्गुण ०१, २०८१ | Thursday, February 13, 2025

काठमाडौं, २२ साउन २०८० । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक बस्दै नबसी भोली मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो । बैठक आज १ बजेका लागि बोलाइएको थियो ।संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक साउन २३ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको जनाएको छ । झण्डै सय किलो सुन तस्करी प्रकरणमा एमालेले उच्च स्तरीय छानविन समिति माग गर्दै संघीय संसदका दुवै सदन (राष्ट्रिय र प्रतिनिधि सभा) को बैठकहरु अवरुद्ध गरिरहेको छ ।

यही साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो तस्करीको सुन समातेको थियो । यही विषयलाई लिएर एमालेले संसद अवरोध गर्दै आइरहेको हो । सुन प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् ।

 

तपाईको प्रतिक्रिया